भक्तपुर १ भदौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिस गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिस गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम सातादेखि…