बैशाख १७ ,बाके ।नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगन्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शैंयाको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ । उप–महानगरपालिकाका कार्यबाहक नगरप्रमुख उमा थापा मगरले बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार शुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको हो । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख मगरले जानकारी दिनुभयो । …