धनगढी, १४ असार । कैलालीमा रहेको एक क्वारेन्टिनमा बसेका युवकलाई सर्पले टोकेको छ । २२ दिनदेखि क्वारेन्टिनमा बसेका ती युवकलाई शुक्रवार राति विषालु सर्पले टोकेको हो । ती युवालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कैलालीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र, बढैपुरमा लगिएको थियो । प्रहरी स्रोतका अनुसार उनको…