गलकोट, ११ असार । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी…