कपिलवस्तु ९ कात्तिक । नेकपाका यशोधरा गाउँपालिका सचिव राघबेन्द्र कुमार मिश्रको शुक्रबार निधन भएको छ । यशोधरा निवासी मिश्रको ६० वर्षको उमेरमा उपचारको क्रममा शुक्रबार निधन भएको नेकपा यशोधरा गाउँकमिटीले जनाएको छ । स्व.राघबेन्द्र कुमार मिश्रको अन्तिम दाहसंस्कार शनिवार रामघाटमा गरिएको छ । स्व. मिश्रको पार्थिक शरिरमा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टीको झण्डा ओढाएर…