पर्यटन

लुम्बिनि प्रदेश र शिवराजको लागतमा पुल मार्फत जोडियो हचुवा–करहिया



कपिलवस्तु ७ कार्तिककपिलवस्तुको शिवराज नगरपालिका वडा १ र वडा ३ जोडने हचुवा करहियामा सडक खण्डमा रहेको कहरा खोलामा पुल निर्माण भएको छ । लुम्बिनि प्रदेश र शिवराज नगरपालिकाको लागतमा भएको पुल निर्माणले स्थानियहरुलाई आवतजावतमा सहज भएको छ । शिवराज नगरपालिका ३ होचुवा,वलुहवा,मजगाउँका स्थानियहरुलाई आवत जावतमा सहज होस भन्ने उद्देश्यले उक्त पुल निर्माण गरिएको हो । वर्षातको समयमा उक्त खोलमा पूल नहुँदा स्थानीय बासिन्दाहरुले सास्ती झेल्दै आएका थिए । प्रदेश न ५ सरकारको रु ६५ लाख र शिवराज नगरपालिकाको रु ९१ लाख गरि कुल रु एक करोड ५६ लाखको लागतमा उक्त पुल निमार्ण भएको छ ।

    लामो समय देखी स्थानियहरुको माग भएपनि बनाउन नसकिएको उक्त पुल निमार्ण पश्चात विकट मानिएको होचुवा गाउँका बालबालिका, बृद्ध र सुत्केरी महिलाहरुलाई सहज हुने लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बताउनुभयो । पुल निमार्ण पश्चात शिवराज नगरपालिका वडा न ३ का करिव १ सय ५० घरधुरीलाई सहज हुने शिवराज नगरपालिका ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वताउनुभयो ।  पक्की पुल निर्माण भएपछि जुनसुकै समयमा पनि आवतजावत गर्न सहज भएको स्थानिय राम बहादुर केसीले बताउनुभयो ।

प्रकाशित : ७ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६