काठमाडौं, २३ जेठ । कोभिड–१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थानसम्बन्धी कार्यविधि–२०७६ पहिलो संशोधनमा मृत शरीरसँग सिधै सम्पर्कमा नआउने किसिमले धार्मिक विधि पूजापाठ, पानी छर्किनेजस्ता क्रियाकपाल गर्न केही समस्या नहुने जनाइएको छ । अन्त्येष्टि कार्यमा…