बुटवल २१ माघ । रुपन्देहीको सैनामैना स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा आयोजित सन्त सम्मेलन सम्पन्न भएको छ । महेश सन्यास आश्रम हरिद्वारका प्रतिनिधि स्वामी ईश्वरानन्दको प्रमुख आतिथ्यतामा २ दिनसम्म भएको सम्मेलन विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।बोलबम धामका प्रमुख संरक्षक तथा सन्त समाज नेपालका संस्थापक महासचिव धर्म गुरु ब्यासाचार्य किशोर कुमार गौतमको…