बुटवल, २१ जेठ । कोभिड १९ को महामारीका कारण यातायात क्षेत्रको व्यवसाय धरासायी भएको ठहर सहित आफ्ना व्यवसायीलाई राहात स्वरुप पश्चिमाञ्चल यातयात व्यवसायी समिति बुटवलले ५२ लाख सहयोग गरेको छ । विभिन्न संघ संस्थाहरुले व्यवसायी तथा सदस्यहरुलाई खाद्यान्य लगायतका सामग्री राहात स्वरुप प्रदान गरेकोमा पश्चिमाञ्चल यातयात व्यवसायी समितिले आफ्ना सदस्य व्यवसायीहरुलाई एक महिनाको दुर्घटना विमा वाफत…