बुटवल, ११ जेठ । गाउँपालिकाले बनाएको क्वारेन्टिनमा लापरवाही भएको भन्दै मर्चवारका स्थानीयले विरोध प्रदर्शन गरेका छन् । रूपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिकाले वडा नंं. ६ बोगडी माविमा बनाएको क्वारेन्टिनमा भद्रगोल अवस्था रहेको र मापदण्ड पालना नगरिएको भन्दै स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । क्वारेन्टाइनमा बसेकाहरुका लागि खाना पकाउने १० जना कर्मचारी क्वारेन्टाइनमै बस्नुपर्नेमा नबसी दिनहुँ घरबाट आउ–जाउ…