बरवा, ३ साउन । लायन्स क्लब अफ कपिलवस्तुको नयाँ कार्य समितिले शनिबार पदभार ग्रहण गरेका छन् । वाणगंगा स्थित मायादेवी रिसोर्टमा सम्पन्न कार्यक्रममा नव निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका हुन् । निवर्तमान अध्यक्ष कुमार खड्काले वर्तमान अध्यक्ष सुरेन्द्र घिमिरेलाई पदभार हस्तान्तरण गर्नुभएको हो । खड्काले पदभार हस्तान्तरण गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । …