काठमाडौँ, १० कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको सङ्घर्षबाट बनेको संविधान यसमा कुनै किसिमको छेडखानी नहोस् भनी सचेत गराउनका लागि यो खबरदारी सभा गरेको बताएका छन् । माओवादी केन्द्रको बागमती प्रदेश, उपत्यका प्रदेशलगायतले शनिवार आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले बेलैमा सरकारबाट निकालेर राम्रो काम गरेको भन्दै केपी ओलीलाई धन्यवाद दिए…