कपिलवस्तु, कात्तिक १४बाणगंगा राइडर्स क्लब कपिलवस्तुले आउँदो कात्तिक २९ गते “प्रथम बाणगंगा साइकल यात्रा २०८२” आयोजना गर्ने भएको छ। क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाका अनुसार उक्त साइकल यात्राको उद्देश्य बाणगंगा नगरपालिका भित्रका ऐतिहासिक, धार्मिक र पुरातात्त्विक स्थलहरूको अवलोकन, प्रचार–प्रसार र पर्यटन प्रवर्द्धन गर्नु रहेको छ। कार्यक्रम संयोजक विष्णु प्रसाद घिमिरेले देशभरबाट करिब चार सयभन्दा बढी…