प्युठान, २९ साउन । प्युठानमा अनधिकृत रुपमा सञ्चालन गरिएको स्वास्थ्य क्लिनिकमा सिल गरिएको छ । आज सरुमारानी गाउँपालिका क्षेत्रमा भएको बजार अनुगमनका क्रममा भेटिएको अनधिकृत क्लिनिकमा सिलबन्दी गरिएको हो । सरुमारानी गाउँपालिका–४ बडडाडामा दर्ता नगरी सञ्चालनमा ल्याइएको शोभा स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिए । फार्मेसीका लागि इजाजत लिइएको…