धरान (सुनसरी), १७ जेठः कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आज र सोमबार इटहरीस्थित प्रदेशिक रङ्गशालामा सञ्चालन हुने जानकारी दिएको हो ।प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका खेल समावेश गरिएका छन् ।…