कपिलवस्तु, ०८ पौष । नवआगन्तुक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको लागि आफू गम्भिर रहेको बताउनुभएको छ । सिमा सुरक्षा देखि हरेक तवर बाट संवेदनशील रहेको जिल्लामा आफूले प्रजिअको भूमिका पाएको भन्दै यसलाई गम्भीरताकासाथ लिएको बताउनुभयो । आइतबार कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो…