घोराही, २४ साउन । दाङको घोराही उपमहानगरपालिका–७, सौडियार निवासी सगुनलाल चौधरीले गएको मङ्सिर महिनामा ५१ क्विन्टल धान बिक्री गर्नुभयो । सगुनलालसँग धान खरिद गर्नुभएका घोराही उपमहानगरपालिका–४ निवासी व्यवसायी लाले सुनारले माघ महिनामा पैसा दिने सहमति थियो । त्यही सहमति अनुसार गाउँमा तीन हजार रुपियाँ क्विन्टल धान बिक्री भइरहेका बेला सुगनलालले तीन हजार एक सय रुपियाँका दरले एक…