कपिलवस्तु, ०९ चैत्र । कपिलवस्तुको बाणगङ्गा नगरपालिका जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा गरिएको छ । लुम्बिनी प्रदेश निर्देशनालयले जारी गरेको चार वटा प्रोटोकलहरु पुरा गरेको सूचकका आधारमा आज विहिबार नगर पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा भएको हो । प्रदेश निर्देशनालयले जारी गरेको पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा…