काठमाण्डौ, ०७ माघ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बैठक बसिरहेको हो । बैठकमा अबको प्रतिनिधि सभा बैठक सञ्चालनलगायतका विषयमा छलफल केन्द्रित छ । सभामुखमा घिमिरे निर्वाचित भएपछिको यो पहिलो सर्वदलीय बैठक हो । उहाँ अस्ति प्रतिनिधि…