काठमाण्डौ २२ कात्तिक – आज लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण काठमाण्डौको सामाखुसीमा रहेको तक्षशिला एष्ट्रोनमी क्लबले देखाउने व्यवस्था मिलाएको छ । सामाखुसीको एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिनुभयो । भरे बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्ने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो ।ग्रहणले पूरै चन्द्रमा…