काठमाण्डौ, २९ असार । प्रतिनिधि सभामा उपसभामुखको चुनाव पर्सि ३१ गते शुक्रवार हुने भएको छ । प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखका लागि हुने चुनावको मिति तोक्नु भएको हो । २०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन । नेकपा एमालेबाट उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त…