रुपन्देही, १७ जेठ । सेवाग्राहीले तिलोत्तमा नगरपालिका वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले अत्यावश्यक कामसमेत नभएको भन्दै मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडाध्यक्ष फर्सुराम गिरी कसैलाई पनि कार्यवाहकको जिम्मेवारी नदिई वडामा अनुपस्थित भएको र फोन गर्दा समेत सम्पर्क नभएपछि आफूहरुले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले…