पोखरा, ११ असार । पोखराको सुइँखेत डुबानमा परेको छ । हिजो बेलुकादेखि परेको अविरल वर्षापछि गएको पहिरोले खोला थुनिँदा सुइँखेत डुबानमा परेको हो । डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् । पोखरा २५ सुइँखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिनुभएको छ । नदी थुनिएपछि सबै घर…