कपिलवस्तु, ०७ जेठ ।कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमालेले आफ्नो वर्चश्व कायम राखेको छ । ७ वडामध्ये एक वडाबाहेक ६ वडाध्यक्ष, पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेर एमालेले विजयनगरमा आफ्नो वर्चश्व कायम राखेको हो । पालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः गोपाल थापा निर्वाचित भएका छन् । थापाले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकी यादवलाई पराजित गरेका…