काठमाडौँ, २३ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका मतपत्र आज सबै जिल्लामा पुग्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको र ती मतपत्र आज सबै जिल्लामा ढुवानी गरिसक्ने जानकारी दिनुभयो । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका छन्…