जेठ १७,कपिलवस्तु । कपिलवस्तुका पाँच पालिकाहरुमा हैजा बिरुद्धको खोप अभियान संचालन भएको छ । हिजो सोमबार देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन भएको हो । जिल्लाका बाणगंगा, कपिलवस्तु, बुद्धभूमि नगरपालिका र मायादेवी र शुद्धोधन गाउँपालिकामा अभियान सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।यसअघि कपिलवस्तुको कृष्णनगर, शिवराज, महाराजगंज नगरपालिका र विजयनगर र यशोधरा गाउँपालिकामा अभियान…