काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घोषणापत्रको बहसमा आउनेलाई स्वागत गर्ने बताएका छन्। बालकोट गएर ट्युसन पढाउने अभिव्यक्ति दिएका कांग्रेस महामन्त्री गगन थापातर्फ संकेत गर्दै अध्यक्ष ओलीले स्वागत गर्ने बताएका हुन्। ‘एमालेले जारी गरेको घोषणा पत्र र प्रतिबद्धताहरुको विरुद्धमा बहसमा उत्रिन चाहन्छ भने हामी स्वागत गर्न चाहन्छौं,’ उनले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा…