दाङ, १२ जेठ ।दाङका पालिकामा काँग्रेसले बर्चस्व जमाएको छ भने वडामा नेकपा एमाले अगाडि छ । दश स्थानीय तहमध्ये काँग्रेसले पाँच, नेकपा माओवादी केन्द्रले तीन र एमालेले दुई स्थानीय तहमा जित हात पारेको छ । दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ । घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डिसी विजयी हुनुभएको छ…