गुल्मी, २९ कात्तिक नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । प्रेस चौतारी गुल्मी शाखाले आज तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व हो भन्नुभयो । नेता ज्ञवालीले एमालेलाई आत्मबलका साथ पुनःऊर्जाशील बनाउने, जनतामाझ…