काठमाण्डौ, ०८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । आज मङ्गलवार पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराउँदै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सिङ्गो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाले उनीहरूको हित…