काठमाण्डौ, २३ फागुन । निर्वाचन आयोगले अब मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने बताएको छ । आज सोमवार आयोगले आउँदो स्थानीय तह चुनावको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना…