काठमाडौं,१६ गते। बिहीबार सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बिहीबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्नेछ। सत्ता गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो। ‘सत्ता गठबन्धनको बैठक…