काठमाडौं, २४ माघ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताबारेका आशंकाहरु सकिएको बताएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ कि भनेर गरिएका आशंकाहरु अब सकिएको…