काठमाडौँ, १९ माघ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं त्रिचन्द्र क्याम्पसअगाडि आज टायर बालेर पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल,मट्टीतेल प्रतिलिटर रु। ३ ले वृद्धि गरेको थियो…