कपिलवस्तु, २६ पुष ।नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पुष २७ मा कपिलवस्तु सहित देशभर पृथ्वी जयन्ती मनाइँदै छ ।गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले…