काठमाडौं, २८ माघ । बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा समितिले छानबिन सुरु गर्ने भएको छ । नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्दै बेला बेलामा उजुरी समेत पर्ने गरेको थियो । गत २० माघमा सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको…