तानसेन, १० चैत्र। पाल्पामा दुई सय बढी क्षयरोगी भेटिएका छन् । जिल्लाको दश वटै पालिकामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । चालु आवको नौ महिनाको अवधिमा जिल्लाभर २२७ जना क्षयरोगी पत्ता लागेको कार्यालयका प्रमुख डा। राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । गत वर्ष ३३४ जना क्षयरोगी फेला परेकामा यो वर्ष नौ महिनामा २२७ जना…