रोल्पा, १७ बैशाख । रोल्पा– कोभिड १९ नियन्त्रण र रोकथामका लागि रोल्पाका सामुदायिक वन उपभोक्ता समितिले स्थानीय तहलाई सहयोग गरेका छन् । हालसम्म गाउँपालिकाभित्रका सामुदायिक वनबाट लाखौँ मूल्यको चामल, दाल, साबुन र मास्क प्राप्त भएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो । नुवागाउँस्थित सल्लेरी भित्ता सामुदायिक वन उपभोक्ता समूहले रु १५ हजार बराबरको सामान तथा…