सर्लाही, १२ पुष । सर्लाहीमा इलाका प्रहरी कार्यालय ईश्वरपुरको भ्यानले ठक्कर दिँदा एक जना व्यवसायीको ज्यान गएपछि त्यसको विरोधमा स्थानीय व्यापारीले बयलवास बजारमा प्रदर्शन गरेका छन् । हिजो आइतवार राति प्रहरीको भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ का स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएको हो । स्थानीय व्यापारीको प्रदर्शनका कारण बजार पूर्ण रूपमा ठप्प भएको छ…