काठमाडौं, ०३ मंसिर । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट्दै हुनुहुन्छ । उहाँहरूबीच एमसीसी सम्झौता, दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल हुनेछ । सहायक विदेशमन्त्री लु र परराष्ट्रमन्त्री खड्काबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता हुनेछ ।लुले हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको थियो…