अर्घाखाँची, १९ पुष । २०७४ सालको पालिका चुनावमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आज सोमवार दुर्गाफाँटमा गरेकोे आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गौतमसहित अन्यलाई पार्टीमा प्रवेश गराउनुभएको हो । गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।नेकपा एमाले, नेकपा माओवादीका केही नेतारकार्यकर्ता…