काठमाडौं ३ मंसिर । राष्ट्रिय जनमोर्चाले सत्तारुढ पाँच दलीय गठबन्धन फुटाउने प्रयास भएको ठहर गरेको छ । राष्ट्रिय जनमोर्चा बुटवलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले सो निष्कर्ष निकालेको हो ।‘पाँच दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भैरहेको छ । त्यसका लागि एमाले, भारतीय, अमेरिकी साम्रज्यवाद तथा राजावादी शक्तिहरुले पुरा प्रयत्न गरिरहेका छन् । ५ दलीय…