काठमाडौं १ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै २३ दिनदेखि जारी आन्दोलन नयाँ मोडमा आइपुगेको छ । चार न्यायाधीश प्रधानन्यायाधीशको कित्तामा उभिँदै प्रधनन्यायाधीशले तोकेका मुद्दा हेर्न थालेका छन् । बाँकी १४ न्यायाधीशले पनि प्रधानन्यायाधीश गैरजिम्मेवार भएकाले नागरिकको न्याय पाउने अधिकारको रक्षामा उभिनुपर्ने निष्कर्ष निकाल्दै काममा फर्किने संकेत गरेका छन् ।न्यायाधीशहरू बमकुमार श्रेष्ठ र मनोज शर्मा…