चितवन, ११ चैत्र । जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् । चालु आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार विभिन्न स्थानमा भएको आगलागीमा अधिकांश मानवीय त्रुटीका कारण भएको देखिएको छ ।…