प्रदेश

बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेले पाए दोस्रो पटक विश्वासको मत



काठमाण्डौ, १० चैत्र । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ ।प्रदेश सभा भवन हेटौँडामा आज शुक्रवार भएको मत विभाजनमा जम्कट्टेलले एक सय १० जना सांसदमध्ये ६७ जनाको मत पाउनुभएको हो । विश्वासको मत प्राप्त गर्न जम्मा ५६ मत भए पर्याप्त हुन्थ्यो ।

जम्कट्टेललाई नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई जना सांसदले मत दिएका छन् । एमाले, राप्रपा र मजदुर किसान पार्टीले भने मत दिएनन् ।

जम्कट्टेलले गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएर माघ ३ गते विश्वासको मत लिनुभएको थियो । राप्रपाले समर्थन फिर्ता लिएपछि उहाँले आज दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।

आजै बाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आजको प्रदेश सभा बैठकमै एमाले संसदीय दलका नेता तथा आर्थिक योजना मन्त्री जगन्नाथ थपलियाले राजीनामा बुझाउँदै मन्त्रीहरू बाहिरिएको जानकारी गराउनुभएको हो । सरकारमा एमालेका चार जना मन्त्री थिए ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६