काठमाडौँ, १९ भदौः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्न ‘सहकारी ऐन, २०७४’ लाई संशोधन गरिने बताउनुभएको छ । सहकारी पत्रकार समाजको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पुरस्कार वितरण समारोहमा उहाँले कानुनी समस्या नहुने गरी सहकारी क्षेत्रलाई अनुशासित र व्यवस्थित गर्न आवश्यक परेकाले समयसापेक्ष रूपमा परिवर्तन गरिने…