दाङ, १५ पौष । वनभोज खाने टोली बोकेको बस दुर्घटना हुँदा दाङमा १६ जना घाइते भएका छन्। बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डस्थित झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो। बसमा ४५ यात्रु सवार रहेको दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।…