कपिलवस्तु, १७ असोज। कपिलवस्तु प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएका ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट चोरी पैठारी भएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ । तस्करले भारतबाट निकासी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवैध चल्ला नष्ट गरिएको कृष्णनगरका इलाका प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनु भयो ।…