बाँके, २६ असोज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वीपीचोकमा आज बिहान आगलागी हुँदा सात वटा पसल जलेर नष्ट भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पसलका प्रायजसो सामान…