रुपन्देही, ०९ असार ।विप्लब निकट नेकपा माओवादीका कार्यकर्ताले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ५ मिलनचोकस्थित ’मिटरब्याजी’ रमानन्द बानियाँको घर कब्जामा लिएको छ । मिटरब्याजी पीडितहरुको आग्रहमा स्थानीयसहितको उपस्थितिमा नेकपाले उक्त घर नियन्त्रणमा लिएको जनाएको छ । मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक, दृष्टिबन्दक गराएर…